दफा ८९ङ
राष्ट्रिय एकद्वार प्रणालीबाट कार्य गर्न सकिने
(१) नेपाल सरकारले अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित गर्न राष्ट्रिय एकद्वार प्रणाली (नेशनल सिङ्गल विण्डो) को विकास गरी कार्यान्वयनमा ल्याउन कुनै निकायलाई तोक्न सक्नेछ।

(२) उपदफा (१) बमोजिमको निकाय नतोकिएसम्मको लागि राष्ट्रिय एकद्वार प्रणालीको कार्यान्वयन विभागले गर्नेछ ।

(३) उपदफा (१) बमोजिम नेपाल सरकारले विकास गरेको राष्ट्रिय एकद्वार प्रणालीमा निकासी वा पैठारीसँग सम्बन्धित निकायलाई आबद्व गरिनेछ।

(४) यस ऐन वा अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रिय एकद्वार प्रणालीमा आबद्ध निकासी वा पैठारीसँग सम्बन्धित निकायले उपदफा (१) बमोजिमको प्रणालीमार्फत कार्य गर्नु पर्नेछ।

(५) राष्ट्रिय एकद्वार प्रणाली सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।